सरकार महावाणिज्यदूतका लागि दुई सहसचिवको नामावली पठाउँदै – Janadesh Daily | ePaper

सरकार महावाणिज्यदूतका लागि दुई सहसचिवको नामावली पठाउँदै


जनादेश, काठमाण्डौ:

सरकारले रिक्त दुई महावाणिज्यदूतका लागि दुई जना सहसचिवको नाम पठाउन लागेको छ ।

हङकङ र ल्हासामा महावाणिज्यदुतावासका लागि परराष्ट्र मन्त्रालयको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती सहसचिवको नामावली पठाउन लागेको हो ।

मन्त्रालय स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र झापाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) उदयबहादुर राना मगरको नाम पठाउन लागिएको हो ।

स्रोतका अनुसार ल्हासामा ढकाल र हङकङमा राना मगरलाई पठाउन लागिको छ। अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने गरी परराष्ट्रले प्रस्ताव लैजाने तयारी थालेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्