प्रदेश १ मा थप १०२ जनामा कोरोना सङ्क्रमण – Janadesh Daily | ePaper

प्रदेश १ मा थप १०२ जनामा कोरोना सङ्क्रमण


जनादेश, विराटनगर:

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएकामध्ये ३७ महिला र ६५ पुरुष छन् । योसँगै प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशअन्तर्गत मोरङका ४९, सुनसरीका ३०, झापाका १६, भोजपुरका तीन, इलामका एक र यस प्रदेश बाहिरका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विराटनगरमा ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १३ महिला र २० पुरुष छन् । मोरङमा कोरोना देखिनेमा सुनबर्षीमा दुई महिला आठ पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, कटहरीमा दुई पुरुष, धनपालथानमा एक पुरुष र स्थानीय तह नखुलेकी एक महिलामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी जिल्ला बाहिर सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा पाँच महिला तीन पुरुष, धरानमा एक महिला तीन पुरुष, गढीगाउँपालिकामा एक महिला तीन पुरुष, भोक्रहामा एक पुरुष र स्थानीय तह नखुलेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै झापाको दमकमा तीन महिला १३ पुरुष, भोजपुरको अरुण गाउँपालिकामा तीन पुरुष, इलामको देउमाईमा एक पुरुष र प्रदेश बाहिरका दुई महिला एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आजसम्म एक हजार २४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ७६ हजार ३५३ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्