साहित्य सन्ध्याको ४०८ औँ शृङ्खला – Janadesh Daily | ePaper

साहित्य सन्ध्याको ४०८ औँ शृङ्खला


जनादेश, काठमाण्डौ:

साहित्य सन्ध्याको ४०८औँ नियमित शृङ्खलामा आज राष्ट्रियता र समसामयिक विषयका साहित्यिक रचना प्रस्तुत गरिएका छन् ।

भर्चुअलरूपमा आयोजित गोष्ठीमा शान्ता मानवी, प्रा डा कृष्णचन्द्र शर्मा, नर्मदेश्वरी सत्याल, कात्यायन, परशुराम पराशर, नारायण परिश्रमी, रूपक अलङ्कार, डम्बर पहाडी, गोपाल मैनाली, गणेश मार्मिक, वासुदेव अधिकारी, जयन्ती स्पन्दन, गोमा कटुवाल, यादव भट्टराई, गायत्रीकुमार चापागाईँ, भारद्वाज मित्र, रामदेव पाण्डेय, सीताराम नेपाल, प्रमोद स्नेही, सरस्वती चिमोरिया, ललिता दोषी, नन्दु उप्रेती, देबु लुइँटेल, श्याम सापकोटा, उपेन्द्र सहनी, विधान आचार्य, शान्ता दाहाल, शर्मिला बुडाथोकी, पुण्यप्रसाद खरेल, राम विनयले आ–आप्ना समसामयिक कविता, गीत र हाइकु वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि समीक्षा गर्दै प्रा डा शर्माले कोरोना कहरको दुश्प्रभावबाट संसारै आक्रान्त भएको र यसबाट धनाढ्यहरू नै बढी चिन्तित रहेको यथार्थलाई रचनाले उजागर गरेको बताउनुभयो ।

उहाँले वाचित कवितामा राजनीतिमा सिद्धान्त र आदर्श हराएकोप्रति चिन्ताभाव र छिमेकीको मिचाहा प्रवृत्तिका प्रति शालीन आक्रोश व्यक्त गरिएको जनाउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्