जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बन्द – Janadesh Daily | ePaper

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बन्द


जनादेश,सिन्धुली:

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली शनिबारदेखि बन्द गरिएको छ । उक्त कार्यालयमा कार्यरत पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार एक सूचना जारी गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली बन्द गरिएको जानकारी गराएको छ । निमित्त प्रमुख

जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले उक्त कार्यलयमा कार्यरत कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकाले यसको सङ्क्रमण फैलन नदिन कार्यालय बन्द गरिएको सूचनामा बताउनुभएको छ ।

कोरोनाको सङ्क्रमण फैलन नदिन अबको १४ दिनसम्म कार्यालय बन्द (सिल) गरिएको निमित्त प्रजिअ सिटौलाले जानकारी दिनुभयो । उहाँले सेवाग्राहीले बन्दको समयमा पनि सेवा लिनुपर्ने भएमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीका प्रमुख डा ललिता पाण्डेसँग सम्पर्क गर्न आग्रह गर्नुभयो ।

जिल्लाका स्थानीय तहले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन लकडाउन घोषणा गरेको अवस्थामा जिल्लाका नागरिकलाई पनि यसतर्फ सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

जिल्लामा यसको सङ्क्रमण जोखिम उच्च रहेको भन्दै नआत्तिन तर सतर्कता र सावधानी अपनाउन भने उहाँले आग्रह गर्नुभयो । सिन्धुलीमा सङ्क्रमितको सङ्ख्या २६ रहेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्