बैंकमा: खराब कर्जा बढ्यो–नाफा घट्यो – Janadesh Daily | ePaper

बैंकमा: खराब कर्जा बढ्यो–नाफा घट्यो


जनादेश, काठमाण्डौः

कोरोना भाइरस (कोभिड–१९) को असर समग्र अर्थतन्त्रमा देखिएको छ । यसको असर नेपाली बैंकिङ क्षेत्रमा पनि प्रत्यक्ष देखिएको छ । मुलुकमा सञ्चालित २७ कमर्सियल बैंकहरुको वित्तीय विवरणले नै कोरोनाको असर बैंकिङ क्षेत्रमा कति परेको छ भन्ने पुष्टि गराउँछ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल कोभिडकै कारण बैंकहरुको निष्कृय कर्जा बढेको बताउँछन् । कोभिडका कारण व्यापारव्यवासय नहुँदा त्यसको असर बैंकसम्म पुगेको उनले बताए ।

कोभिडका कारण बैंकको नाफामात्रै घटेको छैन, निष्कृय कर्जासमेत बढेको छ । गत आर्थिक वर्ष २०७६/७७ को तथ्यांक हेर्ने हो भने कमर्सियल बैंकहरुको नाफामा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँले कमी आएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा २७ वाणिज्य बैंकहरुले ५४ अर्ब ३१ करोड ६ हजार ९८ रुपैयाँ कमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वाणिज्य बैंकहरुले ६३ अर्ब रुपैयाँ ९ सय ९९ रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्