चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण – Janadesh Daily | ePaper

चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण


जिउक्वान, चीन:

चीनले आइतबार टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १० बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको हो ।

गाओफेन–९ ०५ नामक उक्त उपग्रह ‘लङमार्च टुडी रकेट’ को माध्यमबाट प्रक्षेपण गरिएको हो । उक्त बुहुउपयोगी उपग्रहसँगै टिन्टुओ–५ नामको अर्को उपग्रह पनि प्रक्षेपण गरिएको चिनियाँ अधिकारीले बताएका छन् ।

आइतवारको उक्त प्रक्षेपण लङमार्च रकेट श्रृङ्खलाको ३४३ औँ प्रक्षेपण भएको बताइएको छ । रासस/सिन्ह्वाएएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्