भारतमा १६ दिनमा २० लाख थप ‘कोरोनाभाइरस’ सङ्क्रमित – Janadesh Daily | ePaper

भारतमा १६ दिनमा २० लाख थप ‘कोरोनाभाइरस’ सङ्क्रमित


नयाँ दिल्ली:

कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा पछिल्लो १६ दिनमा २० लाख सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार जति पछि भयो, सङ्क्रमितको सङ्ख्या पनि त्यति नै बढी भइरहेको देखिएको छ ।

भारतमा कोरोनाभाइरसबाट कूल सङ्क्रमितको सङ्ख्या आइतबारसम्ममा तीस लाख नाघिसकेको छ । तीमध्ये ७४.९० प्रतिशतलाई निको भइसकेको छ ।

बाँकी केहीको मृत्यु भएको छ भने केहीको अहिले पनि उपचार भइरहेको छ । उनीहरु अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २२ लाख ८० हजार ५६६ जना सङ्क्रमणमुक्त भइसकेका हुन् ।

पछिल्लो एकैदिनमा भारतमा ६९ हजार २३७ जना सङ्क्रमित भएका छन् भने ९१२ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या ५६ हजार ७०६ पुगेको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाबाट सङ्क्रमित भएकामध्ये १.८६ प्रतिशतको मृत्यु भएको देखिएको छ ।

भारतमा अहिलेपनि सात लाख सात हजार ६६८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ । रासस/पिटिआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्