प्रहरी र सशस्त्र प्रहरीका बिदा बस्न नपाउने – Janadesh Daily | ePaper

प्रहरी र सशस्त्र प्रहरीका बिदा बस्न नपाउने


जनादेश, काठमाण्डौः

नेपाल प्रहरी र सशस्त्र प्रहरीले अब विदा बस्न नपाउने भएकाछन् । कोरोना महामारीका कारण बिदा रोक्का गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी राजु अर्यालले जानकारी दिए । बिदामा छाड्दा कोरोना जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको उनले बताएकाछन् ।

त्यस्तै प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले अत्यावश्यक बाहेक अन्य बिदामा समेत रोक लगाइएको बताएका छन् । उनले मृत्यु संस्कार, सुत्केरी, बिरामीलगायतलाई बिदा दिइएको तर अन्य सबै बिदा समेत हाललाई रोक्का गरिएको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्