कोरोनाभाइरस: अमेरिकामा ‘प्लाज्मा थेरापी’ उपचारलाई अनुमति – Janadesh Daily | ePaper

कोरोनाभाइरस: अमेरिकामा ‘प्लाज्मा थेरापी’ उपचारलाई अनुमति


बिबिसी नेपाली ।


तस्बिर स्रोत, Getty Images:

अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोनाभाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको छ।

निको भएकाहरूको रगतको प्लाज्मामा भाइरस विरुद्ध बनेका एन्टीबडीलाई अरू बिरामीमा प्रयोग गरिने यो विधि हजारौँ मानिसमा प्रयोग गरिसकिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एफडिएले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको समाचार सुनाएका थिए।

प्लाज्मा दान गर्न अपिल

उक्त घोषणा गर्दै राष्ट्रपति ट्रम्पले यो विधिको प्रयोगमार्फत् कोरोनाभाइरसबाट हुने मृत्यु ३५ प्रतिशत कम हुने बताएका छन्।

साथै उनले कोरोनाभाइरस सङ्क्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दानको निम्ति आ-आफ्नो नाम दर्ता गर्न अपिल गरेका छन्।

के नेपालमा कोभिड-१९ का बिरामीमा प्लाज्मा थेरापी प्रभावकारी देखिएको हो

नेपालमा कोभिड-१९ का बिरामीमा डेक्सामेथासोन प्रयोगको सम्भावना के छ

ट्रम्पले कोरोनाभाइरस विरुद्धको खोप पनि चाँडै बन्ने विश्वास व्यक्त गरे।

कोरोनाभाइरस विरुद्धको लडाइँमा कुनै नतिजा निकाल्न ट्रम्पमाथि बढ्दो दबाब छ।

कोरोनाभाइरसबाट अमेरिकामा ५६ लाख मानिस सङ्क्रमित छन् भने एक लाख ७६ हजार मानिसको ज्यान गइसकेको छ।

Source:https://www.bbc.com/nepali/news-53884642

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्