दीपाश्रीले स्वीकारीन आफ्नो गल्ती – Janadesh Daily | ePaper

दीपाश्रीले स्वीकारीन आफ्नो गल्ती


जनादेश, काठमाण्डौ ।

दीपाश्री निरौला भन्छिन् – हामी ...

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जन्मदिनको अवसर पारेर आफ्नो गल्ती स्वीकार गरेकीछन् । जन्मदिनकै अवसरमा उनले केही समयपछि सार्वजनिक अभिव्यक्ति समेत राखेकी छन् ।

२०६० सालमा निर्माण भएको हाँस्य सिरियल ‘तितो सत्य’   पछि कलाकारितामा आफुले पछाडी फर्किएर हेर्नु नपरेको समेत उल्लेख गरेकी दीपाले चलचित्र, टेलिचलचित्रमा दर्शकले दिएको माया प्रति आभार समेत ब्यक्त गरिन् ।

फेसबुक मार्फत उनले भनेकीछन, ‘कामको सफलता त पाएँ मैले । तर व्यक्तित्व विकासका कुरामा भने मेरो अझै कमजोरी रहेछ,’ दीपाले अगाडि भनेकी छन्, ‘मिडियामा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चलाखीपूर्ण रुपमा कसरी उत्तर दिने भन्नेमा मेरो  अझै कमजोरी रहेछ । यो कुरा फिल गरे ।’

विवादले आफुलाई राम्रो शिक्षा दिएको बताएकी दीपाले ठूलो आँधीबेरी आएपछि रुखमा कुहिएका फलहरु झरे झैँ आफ्नो कमजोरी बिवादको आधीँबेरीले झारेको बताइन् । उनले थपिन् ‘अन्तरवार्तामा मैले तीवटा गल्ती गरे ।’

अब आउँदा दिनहरुमा आफुलाई परिस्कृत गरेर स्रोता दर्शक माझ प्रस्तुत हुने छु । यहाँहरु साथ, सहयोग र मायाँ सधैं प्राप्त हुनेछ ।

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्