‘चीन विरोधी गतिविधि विफल हुने’ – Janadesh Daily | ePaper

‘चीन विरोधी गतिविधि विफल हुने’


बेइजिङ ।

यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लि चेनले चीन र अमेरिकाबीचको सम्बन्धमा गम्भीर समस्या देखापरेको बताउनुभएको छ । उहाँले यसको जिम्मेवार सम्पूर्ण रुपमा अमेरिका रहेको पनि दावी गर्नुभयो ।

सोमबारको नियमित पत्रकार सम्मेलनमा उहाँले अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओले हालै दिएको एक अन्तर्वार्ताप्रति लक्षित गर्दै उक्त भनाई राख्नु भएको हो ।

पोम्पेओले अमेरिका र चीनबीच शित युद्ध भैरहेको छ कि भन्ने प्रश्नमा यसको समस्या चिनियाँ कम्युनिष्ट पार्टीले जन्माएको धारणा व्यक्त गर्नु भएको प्रसँगलाई लिएर चीनको उक्त भनाइ आएको हो ।

पत्रकारहरूसँगको नियमित भेटमा प्रवक्ता चाउले भन्नुभयो, “अमेरिकी केही राजनीतिज्ञहरुले एकपक्षीय रुपमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै हिंसात्मक रूपमा चीनको आन्तरिक तथा विदेशी नीतिलाई बदनाम गरेका छन् । जसबाट अमेरिका–चीनबीचको आपसीसम्बन्धमा समस्या आएको छ ।”

उहाँले भन्नुभयो, “सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको लक्ष्य जन गणतन्त्र चीनको महान पुनरुत्थानको सपनालाई साकार तुल्याउने हो । चीनले विश्वको कूल ग्राहस्थ उत्पादन मात्राका लागि लगातार दश वर्षसम्म ३० प्रतिशतभन्दा बढी योगदान गर्दै आएको छ ।” उहाँले चीनको ‘बेल्ट एण्ड रोड’ प्रस्ताव वर्तमान विश्वले अत्यधिक स्वागत गरेको सबैभन्दा ठूलो परिमाणको आर्थिक सहयोगको कार्यक्रम बनेको बताउनुभयो ।

चीनको विकासबाट डराएका कतिपय शक्तिहरूले चीन र चिनियाँ कम्युनिष्ट पार्टीलाई बदनाम गर्ने गतिविधिबाट चीनको सफलता अभिव्यक्त भएको छ दावी गर्नुभयो । रासस/सिन्ह्वा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्