कोरोनाबारे सचेतना जगाउँदै प्रहरी – Janadesh Daily | ePaper

कोरोनाबारे सचेतना जगाउँदै प्रहरी


कर्णाली ।

हिमा गाउँपालिका जुम्लामा अप्रत्यासित रुपमा कोरोना सङ्क्रमितहरु बढ्दै गएपछि अहिले गाउँ–गाउँमा पुगेर प्रहरीले माइकिङ्बाटै सचेतना जगाउन थालेको छ ।

गएको साता आठ र यही साता हिमा गाउँपालिकामा ५१ जनामा कोरोना सङ्क्रमण देखिएपछि अहिले उक्त गाउँपालिकामा ठूलो त्रास फैलिएको छ । गाउँपालिकामा निषेधाज्ञासमेत गरिएको छ ।

प्रहरीले गाउँ तथा टोल–टोलमा पुगेर कोरोना भाइरसबारे सचेतना जगाउने गरेको छ । स्थानीय नागरिकलाई सचेत हुन चार दिनदेखि माइकिङबाटै प्रहरीले पहरा दिएको छ ।

कोरोना सङ्क्रमण थप हुन नदिन तथा अनावश्यक काममा भिडभाड गरेर आउने समस्याबाट मुक्त गराउन गाउँपालिकाको कार्यालय जुँगाडदेखि आचार्यलिहीसम्म माइकिङ गरेर सचेत गर्न थालिएको बड्की प्रहरी चौकी जुम्लाका प्रहरी सहायक निरीक्षक दिलेन्द्रराज पन्तले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्