दाङमा रात्रिकालिन निषेधाज्ञा कायमै – Janadesh Daily | ePaper

दाङमा रात्रिकालिन निषेधाज्ञा कायमै


जनादेश, घोराही ।

कोरोना भाईरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा रातीमा जारी निषेधाज्ञा कायमै हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निषेधाज्ञालाई कायमै राख्ने निर्णय गरेको हो ।

वैठकले रातको समयमा बजार, गाडी सञ्चालन र हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा स्थानिय सरकारका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ लगायतको उपस्थितिमा बसेको वैठकले पर्सि देखि लागू हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोड बिजोड प्रणाली लागू गर्ने, बजार लगायतका स्थानमा स्वास्थ्य मापदण्ड पुरा नगर्नेलाई कारबाही गर्ने निर्णय भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्