जोखिममा खट्ने स्वास्थ्यमर्कीलाई ७५ प्रतिशत भत्ता – Janadesh Daily | ePaper

जोखिममा खट्ने स्वास्थ्यमर्कीलाई ७५ प्रतिशत भत्ता


जनादेश, घोराही ।

घोराही उपमहानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि जोमिमा खट्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता प्रदान गरेको छ ।

उपमहानगरले अति जोखिम र जोखिममा काम गर्ने गरी दुई भागमा विभाजन गरेर स्वास्थ्यकर्मी तथा त्यहाँ खट्ने कर्मचारीहरुलाई भत्ता प्रदान गरेको हो ।

उपमहानगरले आइसोलिएशनमा खट्ने स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगीहरुलाई मासिक तलबमा थप ७५ प्रतिशत भत्ता दिएको छ । आइसोलेशनको ल्यावमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई पनि अति जोखिम अनुसार ७५ प्रतिशत भत्ता प्रदान गरिएको छ ।

हालसम्म अति जोखिममा रहेर काम गर्ने २० जना स्वास्थ्यकर्मीले ७५ प्रतिशत भत्ता लिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तिले जानकारी दिनुभयो । कोरोना संक्रमण पोजेटिभ भएका स्वास्थ्यकर्मीलाई पनि ७५ प्रतिशत भत्ता उपलब्ध गराइएको छ ।

क्वारेन्टाइन व्यवस्थापनमा खटेका स्वास्थ्यकर्मीहरु लाई पनि ५० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्