राजदूतावासका लागि ओमानमा जग्गा प्राप्ति सम्झौता – Janadesh Daily | ePaper

राजदूतावासका लागि ओमानमा जग्गा प्राप्ति सम्झौता


जनादेश, काठमाण्डौ ।

नेपाली राजदूतावास ओमान तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल र ओमान सरकारबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ ।

ओमानको परराष्ट्र मन्त्रालयमा सोसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाली दूतावास भएका देशमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीतिबमोजिम राजधानी मस्कटमा भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको जनाइएको छ ।

ओमानका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबी र नेपाल सरकारका तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

ओमानको खाडी र हर्मुज स्ट्रेटजस्तो रणनीतिक तथा व्यापारिक मार्गसँग प्रत्यक्ष सरोकार राख्ने ओमानको भविष्यगत रणनीति र दीर्घकालीन योजनाले पनि ऊसँगको दीर्घकालीन सुमधुर सम्बन्ध स्थापित गर्नु नेपालका लागि सामरिक तथा रणनीतिक हिसाबले महत्वपूर्ण हुने राजदूतावासले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्