राजश्व छलीका झण्डै दुई लाखको सामान बरामद – Janadesh Daily | ePaper

राजश्व छलीका झण्डै दुई लाखको सामान बरामद


जनादेश, कञ्चनपुर ।

कञ्चनपुरको महाकाली नगरपालिका–१ गढीगोठ क्षेत्रबाट मङ्गलबार प्रहरीले राजश्व छलेर ल्याउँदै गरेको रु एक लाख ९२ हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।

सीमा सुरक्षा तैनाथ सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेको ठूलो परिमाणको किराना र हार्डवेयरको सामान बरामद गरेको हो ।

दुई मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको सामान बरामद गरिएको सशस्त्र प्रहरी शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए ।

तस्करहरु सशस्त्र प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छाडेर भागेको उहाँको भनाइ छ । बरामद सामान र मोटरसाइकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्