चोेरीका काठ बरामद, दुई पक्राउ – Janadesh Daily | ePaper

चोेरीका काठ बरामद, दुई पक्राउ


जनादेश, महोत्तरी ।

डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन (क्यूविक) फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ ।

बर्दिवास नगरपालिका–१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास–३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन गरिएको कारखानाबाट सो परिमाणको साखुका चिरान काठ मङ्गलबार बरामद गरिएको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।

त्यसैगरी बर्दिवास–३ गौरीडाँडामा बिपी राजमार्गको छेउमै ग्रिल उद्योगको बोर्ड राखेर सञ्चालित कारखानाबाट ३४ थान कडी, १४ थान झ्याल र चार थान ढोकाका चौखटसहित ३१ दशमलव एक घनफिट साखुकै चिरान काठ बरामद गरिएको छ ।

कारखाना सञ्चालक रामजी रम्तेल र मीनबहादुर भुजेल भाग्न सफल भएका हुँदा पक्राउ गर्न नसकिएको कार्यालयले जनाएको छ । दुवै ठाउँबाट काठ चिरान गर्न प्रयोग गरिने दुई थान आरा, बसिला र रन्दासहित साना–ठूला गरी ९४ थान चिरान काठ बरामद गरिएको डिभिजन प्रमुख साहले जानकारी दिए ।

बन्दाबन्दीको अवस्थामा वनक्षेत्रबाट चोरी कटान गरी साखुका काठको कारोवार भइरहेको सुराकीका आधारमा दुवै ठाउँमा कार्यालयले मङ्गलबार दिउँसो खानतलासी गरेको थियो । बरामद काठसहित पक्राउ परेकाविरुद्ध कानूनी कारवाही थालिने कार्यालयले जनाएको छ ।

नयाँ आर्थिक वर्ष २०७७/७८ शुरु भएयता यसरी अवैधरूपमा सञ्चालन हुँदै आएका फर्निचर उद्योगबाट २०० घनफिट साखुका चिरान काठ कार्यालयले बरामद गरिसकेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्