भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान हुने भयो – Janadesh Daily | ePaper

भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान हुने भयो


सिबी अधिकारी ।

सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ ।

नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ ।

बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले आन्तरिक उडान पनि सोही मितिदेखि शुरु गर्ने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दशंै, तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै छिट्टै आन्तरिक उडान पनि शुरु गरिने बताउनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) सँगको कुराकानीमा पर्यटनमन्त्री भट्टराईले केही पहाडी तथा हिमाली जिल्लाबाट आन्तरिक उडान सञ्चालन गरिने जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्