मलमा कालो बजारी गर्ने ३ जना पक्राउ – Janadesh Daily | ePaper

मलमा कालो बजारी गर्ने ३ जना पक्राउ


चन्द्रप्रकाश नेपाली,

घोराही । दाङमा रासायनिक मलको मूल्यमा कालो बजारी गरेको अभियोगमा तीन जना पक्राउ परेको छ । गढवा गाउँपालिका वडा नम्बर ५ निवासी सुनिल पोख्रेल, वडा नम्बर७ निवासी राजकुमार गुप्ता र सोही ठाउँका युवराज पाण्डेलाई तोकिएको भन्दा बढी मूल्यमा बिक्रि गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

७ सय २१ रुपैयाँ प्रति बोरा पर्ने यूरिया मललाई प्रति बोरा दुई हजार ४ सय रुपैयाँमा विक्रि गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले पसलको अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पत्ता लागेको हो ।

कालोबजारी गर्ने तीनै जनालाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्