त्रिविद्धारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध – Janadesh Daily | ePaper

त्रिविद्धारा विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन अनुरोध


जनादेश, काठमाण्डौ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ ।

त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गर्नु भएको छ ।

उहाँले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत पठनपाठनमा विद्यार्थी सहभागी गराउन अनुरोध गर्नु भएको छ ।

त्रिविले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नेपालमा पनि प्रवेश गरेसँगै यसले जनस्वास्थ्यमा पार्ने असरलाई मध्यनजर राखी गत चैत्र ६ गतेदेखि त्रिविमा सञ्चालन भइरहेका सम्पूर्ण पठनपाठन तथा परीक्षाहरू स्थगन गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्