स्टाफ नर्समा कोरोना देखिएपछि क्रिमशन अस्पतालको ओपिडी सेवा बन्द – Janadesh Daily | ePaper

स्टाफ नर्समा कोरोना देखिएपछि क्रिमशन अस्पतालको ओपिडी सेवा बन्द


बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमशन अस्पतालमा कार्यरत एकजना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालको ओपिडी विभागमा कार्यरत स्टाफनर्समा कोरोना पुष्टि भएपछि ओपिडी शाखा बन्द गरी त्यहाँ कार्यरत कर्मचारी एवं चिकित्सकलाई निगरानीमा राखि परीक्षणको क्रम अगाडि बढाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

ती स्टाफ नर्स केही दिनदेखि ज्वरोका कारण घरमै बसेकी थिइन् । तर शंका लागेर बुटवलको नेशनल प्याथल्यावमा परिक्षण गराउँदा पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले बताउनु भयो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई नगरपालिकाले तयार गरेको आइसोलेशनमा पठाइएको छ ।

उनमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यहरुलाई होम आइसोलेशनमा बस्न आग्रह गरिएको गौतमले बताउनु भयो । तिलोत्तमा नगरपालिकामा बुधबार मात्रै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएसँगै नगरपालिकाले गरेको कन्ट्रयाक्ट ट्रेसिङका आधार संकलन गरेको स्वावको रिर्पोट अनुसार तिलोत्तमामा १४ जना नयाँ संक्रमित थपिएको नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले जानकारी दिनु भयो ।

नयाँ थपिएका संक्रमितहरुमा तिलोत्तमा वडा नम्बर ३ का ७ जना, वडा नम्बर २ का ६ जना र वडा नम्बर १५ का १ जना छन् । यसमध्येका केही व्यक्ति समुदाय स्तरबाट संकलन गरिएको स्वावबाट संक्रमण पुष्टि भएको प्रवक्ता श्रीले बताउनु भयो । तिलोत्तमा नगरपालिकाका अनुसार नयाँ संक्रमित थपिएसँगै तिलोत्तमामा ९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८ जना संक्रमण मुक्त भएर घर फर्केका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्