जनादेश, काभ्रे ।
काभ्रे जिल्लाबाट पुर्व राज्यमन्त्री भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।
भदौ १० गते काठमाडौँस्थित टेकु प्रयोगशालमा गरिएको परीक्षणमा ५३ बर्षिय पुर्वमन्त्रीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनको विगत तीन दिनदेखि आईसियुमा राखेर उपचार भईरहेको छ । कन्ट्याकट ट्रेसिङको कार्य सुरु गरिएको जनाइएको छ ।
यस्तै, काभ्रे पलाञ्चोक जिल्लामा बुधबार साँझसम्म १ सय ७४ जनामा संक्रमण पुष्टी भएको थियो ।