कोरोना संक्रमणका कारण चितवनमा एकैदिन तीन जनाको मृत्यु – Janadesh Daily | ePaper

कोरोना संक्रमणका कारण चितवनमा एकैदिन तीन जनाको मृत्यु


जनादेश, चितवन ।

कोरोना संक्रमणका कारण चितवनमा एकै दिन तीन जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत् गोरखा आँबुखैरहनी–१३ का ३८ वर्षीय पुरुषको आज दिउँसो २:३० बजे मृत्यु भएसँगै एकैदिन मृतकको संख्या तीन पुगेको हो । कोरोना संक्रमणको लक्षण देखिएपछि भदौ ६ गतेअस्पताल भर्ना भएका उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, कोरोना संक्रमणबाट चितवनमा आज एकै दिन थप दुई जनाको मृत्यु भएको छ । भरतपुरकै चितवन मेडिकल कलेजमा उपचाररत् वृद्धा र पुष्पाञ्जली अस्पतालमा उपचाररत् एक पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्