दाङमा नियम अवज्ञा गर्ने २ सय ४४ सवारी कारवाहीमा – Janadesh Daily | ePaper

दाङमा नियम अवज्ञा गर्ने २ सय ४४ सवारी कारवाहीमा


चन्द्रप्रकाश नेपाली,

दाङ । दाङमा कोरोना भाईरस सङक्रमण फैलिन नदिन तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको जोरबिजोर प्रणालीलाई अवज्ञा गरी सञ्चालनमा रहेका सवारी साधनका चालकहरुलाई प्रहरीले कारवाही गरेको छ ।

नियमको अवज्ञा गरी चलाईएका २ सय ४४ वटा सवारी साधन कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार मोटरसाइकल १६५, अटो रिक्सा ४०, कारजीप २८, स्कुटर ८ र बस ३ वटा गरी २ सय ४४ वटा सवारी साधन कारवाहीमा परेका हुन् ।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य रूपमा मास्क लगाउन गरिएको अनरोध अटेर गरेर सार्वजनिक स्थानमा अनावश्यक हिँड्ने ५२ जनालाई पनि प्रहरीले नगद कारवाही गरेको छ ।

उक्त कारवाहीबाट ५ हजार २ सय जरिवाना संकलन भएको पनि प्रहरीले जनाएको छ ।

यसैबीच, लकडाउन कोरोनाको संङक्रमण रोक्न जारी गरिएका सूचनाहरु पालना गरी सङक्रमण फैलिनबाट रोक्न सबैमा प्रहरीले अनुरोध समेत गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्