शिशिर याममा जर्मनीमा महामारीको थप चुनौती आउनसक्ने मर्केलको भनाइ – Janadesh Daily | ePaper

शिशिर याममा जर्मनीमा महामारीको थप चुनौती आउनसक्ने मर्केलको भनाइ


बर्लिन,

आउँदो शरद र शिशिर यामका महिनाहरूमा कोरोनाभाइरसविरूद्धको लडाई थप चुनौतीपूर्ण हुनसक्ने जर्मनीका चान्सलर एन्जेला मर्केलले शुक्रवार बताउनुभएको छ ।

“गर्मीमा भन्दा आगामी केही महिना महामारीले थप चुनौती सिर्जना गर्ने देखिएको छ,” मर्केलले भन्नुभयो । “हामी सबैले ग्रीष्म ऋतुमा मौसमका कारण तुलनात्मक रूपमा केही स्वतन्त्रता र सापेक्षिक सुरक्षाको आनन्द उठायौँ, जुन जीवन न्यानोमा सम्भव छ,” चिसो हावाबाट फैलिने सूक्ष्म कणहरूलाई सङ्केत गर्दै उहाँले भन्नुभयो ।

जर्मनीका १६ संघीय राज्यहरूका नेताहरूसँग शुक्रबार छलफल गरेपछि उहाँको महामारी आगामी दिनमा थप जटिल हुनसक्ने धारणा आएको हो ।

“हामीले यस भाइरसको साथ लामो समय सम्म बाँच्नुपर्नेछ । यो अझै गम्भीर अवस्थामा रहेको छ अर्थात् नियन्त्रणमा आउन सकेको छैन । कृपया यसलाई गम्भीरतापूर्वक लिनुहोस्,” मर्केलले भन्नुभयो ।

जर्मनीमा मङ्गलबार थप एक हजार ५७१ सङ्क्रमित भएसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ३९ हजार ५०७ पुगेको रोबर्ट कोच इन्स्टिच्युटले बताएको छ । जर्मनीमा हालसम्म नौ हजार २८८ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ । रासस/एएफपी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्