सङ्क्रमित बढेपछि एक साता निषेधाज्ञा – Janadesh Daily | ePaper

सङ्क्रमित बढेपछि एक साता निषेधाज्ञा


डोटी,

कोरोना सङ्क्रमित बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीमा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात दिनका लागि लागू हुने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा एक हप्तामा कोरोना सङ्क्रमित बढेर ९०० पुगेको छ । जिल्लामा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्