एजेन्सी ।
विश्वमा कोरोना संक्रमणका कारण भैरहेको मृत्युदर ३ दशलमब ३ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण ८ लाख ६१ हजार २ सय मानिसले ज्यान गुमाइसकेका छन् । कुल संक्रमितको तुलनामा यो ३ दशमलब ३ प्रतिशतको मृत्युदर हो ।
संक्रमित संख्या भने २ करोड ५९ लाख ५ हजार बढी छ । कुल संक्रमित मध्ये ७० दशमलब दुइचार प्रतिशत अर्थात १ करोड ८१ लाख ९६ हजार ५ सय निको भएका छन् । विश्व सवैभन्दा धेरै संक्रमित र मृतक अमेरिकामा छन् । अहिलेसम्म अमेरिकामा १ लाख ८८ हजार ९ सय जनाको मृत्यु र ६२ लाख ५७ हजार ५ सय संक्रमित भएका छन् ।
अमेरिकापछि ब्राजिलमा १ लाख २२ हजार ६ सय ८१ जनाको कोरोनाका कारण ज्यान गएको छ भने ३९ लाख ५२ हजार ८ सय संक्रमित भएका छन् ।
यसैगरी तेश्रो स्थानमा रहेको भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट ७८ हजार ३ सय ५७ संक्रमित थपिएका छन् भने १ हजार ४५ जनाको ज्यान गएको छ । पछिल्लो तथ्याङ्कसँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६६ हजार ४ सय ६० पुगेको छ भने ३७ लाख ६९ हजार ५ सय बढी संक्रमित भएका छन् ।
संक्रमितमध्ये २९ लाख २ हजार संक्रमणमुक्त भएका छन् । यस्तै मेक्सिकोमा ६५ हजार २ सय ४१, पेरुमा २९ हजार ६८, कोलम्बियामा २० हजार ५२, रुसमा १७ हजार ३ सय र दक्षिण अफ्रिकामा १४ हजार २ सय ६३ जनाको ज्यान गएको छ ।