चीन- भारत सीमा विवादः भारतमा पब्जी लगायतका १ सय १८ चिनियाँ मोबाइल एप्समा प्रतिबन्ध – Janadesh Daily | ePaper

चीन- भारत सीमा विवादः भारतमा पब्जी लगायतका १ सय १८ चिनियाँ मोबाइल एप्समा प्रतिबन्ध


एजेन्सी ।

चीनसँग सीमा विवाद चर्किरहेको समयमा भारतले पुनः चिनियाँ मोबाइल एप्समा प्रतिबन्ध लगाएको छ । आज मात्र चर्चित गेमिङ एप पब्जीसहित १ सय १८ मोबाइल एपमा प्रतिबन्ध लगाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विद्युत तथा सूचना प्रौद्योगिकी मन्त्रालयले राष्ट्रिय सम्प्रभूतामा खतरा पुगेको भन्दै ती एप्समा प्रतिबन्ध लगाएको हो ।
ती एप्सका कारण राष्ट्रिय सुरक्षामा खतरा पुगेको भारतको आरोप छ ।

यस अघि भारतले सर्वाधिक चर्चित मोबाइल एप टिकटकसहित ५९ वटा चिनियाँ एप्स प्रतिबन्धित गरिदिएको थियो । गत जुलाइमा पनि पुनः थप एप्समा प्रतिबन्ध लगाइएको थियो । भारतले उच्च सतर्क रहन सवै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

लद्दाखमा जारी तनाबकाबीच भारतीय गृह मन्त्रालयले बुधबार नै चीन, नेपाल र भूटानसँगका सिमामा तैनाथ सुरक्षाबललाई सतर्क रहन निर्देशन दिएको थियो । चीनसँगका उत्तराखण्ड, अरुणाचल, लद्दाख र सिक्किममा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ भने सीमामा तैनाथ आइटीबिपीले चिनियाँ सैनिकको गतिविधिमा निगरानी बढाएको छ ।

४ दिनअघि लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएपछि भारतले सुरक्षा सर्तकता बढाएको हो । झडपका क्रममा १ भारतीय सुरक्षाकर्मी मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अगष्ट २९ र ३० तारिखको राति चिनियाँ सैनिकले सहमति उल्लंघनका साथै एकहजार वर्गकिलोमिटर भूमि अतिक्रमण गरेको दाबी भारतीय सेनाले गरेको थियो भने भारतीय सुरक्षाकर्मीले सिमानामा घुसपैठ र उक्साहट गतिविधि गरेको दाबी चिनियाँ पक्षले गरेको छ ।

सन् १९ सय ६२मा युद्धमा होमिएका भारतीय र चिनियाँ सैनिकबीच गत जुन १५मा हिंस्रक झडप भएपछि पुनः तनाब बढेको हो । झडपमा २० भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्