विश्व कोरोना मिटरः ८ लाख ६६ हजारको मृत्यु, २ करोड ६१ लाख ६६ हजार संक्रमित – Janadesh Daily | ePaper

विश्व कोरोना मिटरः ८ लाख ६६ हजारको मृत्यु, २ करोड ६१ लाख ६६ हजार संक्रमित


१ करोड ८४ लाख २५ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी ।
गत चौबीस घण्टामा संसारमा २ लाख ८२ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ करोड ६१ लाख ६६ हजार भन्दा बढी पुगेको छ ।

त्यस्तै चौबीस घण्टामा थप ६ हजार २ सय ३४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । संसारमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ६६ हजार भन्दा बढी पुगेको वर्ल्डोमिटरको तथ्याङ्कले देखाएको छ ।

कुन देशमा कति ?
संसारमा अहिलेसम्म सर्वाधिक संक्रमित रहेको अमेरिकामा चौबीस घण्टामा ४० हजार भन्दा बढी संक्रमित थपिएर ६२ लाख १६ हजार जना संक्रमित पुगेका छन् ।

त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ८९ हजार भन्दा बढी पुगेको छ । हिजोमात्र त्यहाँ १ हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

त्यस्तै दोश्रो स्थानमा रहेको ब्राजिलमा ४० लाख भन्दा बढी संक्रमित पुगेका छन् । त्यहाँ चौबीस घण्टामा १२ सय भन्दा बढी संक्रमित थपिएका छन् ।

संसारमा तेश्रो सर्वाधिक संक्रमित रहेको भारतमा चौबीस घण्टामै ८२ हजार संक्रमित थपिएका छन् । जुन् एकदिनमा भेटिने संक्रमितको अहिलेसम्मकै सर्वाधिकको रेकर्ड हो ।

संसारमा कोरोना निको हुनेको संख्या १ करोड ८४ लाख २५ हजार भन्दा बढी छ । अहिले संसारमा ६८ लाख ७४ हजार सक्रिय संक्रमित छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्