दैनिक संक्रमण संख्यामा भारतको नयाँ रेकर्ड, नेपाल लगायतका छिमेकमा त्रास – Janadesh Daily | ePaper

दैनिक संक्रमण संख्यामा भारतको नयाँ रेकर्ड, नेपाल लगायतका छिमेकमा त्रास


चौबीस घण्टामा थपिए ८२ हजार नयाँ संक्रमित

एजेन्सी ।
भारत हिजो एक दिनमा सर्वाधिक कोरोना संक्रमित फेला पर्ने देश बनेको छ । भारतमा चौबीस घण्टामा अहिलेसम्मकै सर्वाधिक ८२ हजारभन्दा बढीमा कोरोना संक्रमणको दैनिक रेकर्ड बनेको हो ।

वर्ल्डोमिटरका अनुसार ८२ हजार भन्दा बढी संक्रमित थपिएर कोरोना संक्रमितको कुल संख्या ३८ लाख ४८ हजार भन्दा बढी पुगेको छ ।

सार्क क्षेत्रमा यो सर्वाधिक संक्रमितको आँकडा हो भने भारत विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो स्थानमा छ
भारतमा २९ लाख ६७ हजार भन्दा बढीले कोरोना जितेका छन् । ८ लाख १४ हजार ६८ जना सक्रिय संक्रमितको उपचार जारी छ ।

२४ घण्टामा भारतमा १०२६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । र भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजार ४८६ पुगेको छ ।

भारतमा गत महिना झन्डै २० लाख सङ्क्रमित थपिएका छन् जुन महामारी सुरु भएयता कुनै पनि देशमा एक महिनामा थपिएको सबैभन्दा ठूलो सङ्ख्या हो।

मृत्युका सङ्ख्याले पनि अगस्ट सबैभन्दा नराम्रो महिना रह्यो र त्यहाँ २८,००० जनाको मृत्यु भयो।

अमेरिका र ब्रजिलपछि भारत सबैभन्दा बढी सङ्क्रमण भएको देश भएको छ। त्यहाँ ३६ लाख जनालाई सङ्क्रमण भएको पुष्टि भइसकेको छ।

उत्तर प्रदेश, झारखण्ड, छत्तिसगढ र ओडिशा राज्यहरूमा ह्वात्तै सङ्क्रमित बढेका हुन्। भारतको ‘हटस्पट’ भनिएको महाराष्ट्रमा सबैन्दा बढी आठ लाख सङ्क्रमित छन्।

भारतमा पर्याप्त मात्रामा परीक्षण हुन नसकेकोले कोरोनाभाइरस नियन्त्रणमा आउन नसकेको बताइन्छ। त्यहाँ प्रति १० लाखमा ३२,००० जनाको परीक्षण गरिएको छ।

 

नेपाल लगायतका छिमेकीलाई चिन्ता
भारतमा संक्रमणदर भयावह बन्दै जाँदा नेपाल जस्ता छिमेकी देशपनि प्रभावित हुने देखिन्छ । नेपालमा पछिल्लो समय देखिएका संक्रमितहरु भारतबाट आएकाहरु बढी छन् ।

लक्षण सहितका कोरोना देखिने क्रम पनि भारतबाट आएकाहरुबाटै सुरु भएको हो । भारतको डरलाग्दो दरले नेपालमा पनि कोरोना रोकथाम र नियन्त्रण चुनौतिपूर्ण बनेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्