चीनसँग संसारकै ठूलो नौसेना, छिमेकमा प्रभाव बढ्दोः अमेरिकी रिपोर्ट – Janadesh Daily | ePaper

चीनसँग संसारकै ठूलो नौसेना, छिमेकमा प्रभाव बढ्दोः अमेरिकी रिपोर्ट


एजेन्सी ।

चीनसँग संसारकै सबैभन्दा ठूलो संख्यामा नौसेना तयार भएको निष्कर्ष एक अमेरिकी प्रतिवेदनले निकालेको छ ।

सन् २०५० सम्म विश्व स्तरीय सैन्य शक्ति बन्ने लक्ष्य राखेको चीनमा संसारकै ठूलो नौसेना दस्ता तयार भएको र विश्व नेतृत्वमा यसले प्रभाव पार्न सक्ने निष्कर्ष अमेरकी रक्षा मन्त्रालयको पछिल्लो रिपोर्टमा उल्लेख छ ।

सेप्टेम्बर १ मा प्रकाशित ‘चाइना मिलिटरी पावर रिपोर्ट’ शीर्षकको सुरक्षा सम्बन्धित उक्त प्रतिवेदनमा चिनियाँ जनमुक्ति सेनासँग अहिले कम्तिमा ३५० प्लेटफर्म रहेको उल्लेख छ ।

जसमा स्थल कमाण्डो, नौसेनिक दस्ता, समुन्द्री युद्धपोत चलाउने कमाण्डो, हवाई दस्ता तथा अन्य विभिन्न विभाग गरी उक्त संख्याका प्लेटफर्म रहेको प्रतिवेदनको दाबी छ ।

उक्त प्रतिवेदनमा हिन्द महासागर क्षेत्रका छिमेकी देशहरुमा चीनले सैन्य उपस्थिति बढाउन थालेको समेत दाबी गरिएको छ ।

चीनले देशबाहिर जुबुटीमा पहिलो सैनिक अखडा बनाएको र पाकिस्तानको ग्वादार बन्दरगाहमा पनि चिनियाँ सेनाको निर्वाध पहुँच रहेको उल्लेख छ ।

यो पनि पढ्नुस्- भारतलाई चीनको चेतावनी-अमेरिकाको पछि लागेर भू-राजनीतिक खेल नखेल

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्