भारतमा पब्जी प्रतिबन्धः लत परेका युवाहरु सरकारसँग आक्रोशित – Janadesh Daily | ePaper

भारतमा पब्जी प्रतिबन्धः लत परेका युवाहरु सरकारसँग आक्रोशित


एजेन्सी ।
भारतमा चर्चित गेमिङ मोबाइल एप पब्जीसहितका १ सय १८ वटा मोबाइल एप्स बन्द गरेपछि मिश्रित प्रतिक्रिया देखिएको छ ।

भू-राजनीतिक र सीमा विवादसँग जोडिएको निर्णय भएपनि यसलाई भारतमा फरक तरिकाले प्रतिक्रिया जनाइएको छ ।

अभिभावकहरुले गेमिङ एप बन्द गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् भने पब्जीको लत लागेका युवाहरुले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

बालबालिका देखि उच्च शिक्षाका विद्यार्थी समेत पब्जी खेलेर विग्रिएको भन्दै भारतमा विरोध हुँदै आएको थियो ।

यस अघि चिनियाँ भिडियो शेयरिङ एप टिकटक बन्द गर्दा पनि भारतमा असन्तुष्टि व्यक्त गरिएको थियो । गृहिणीहरुले सरकारको निर्णय सहि नभएको बताएका थिए ।

टाइम्स अफ इण्डिया लगायतका चर्चित मिडियाले सरकारले प्रतिबन्ध लगाएको पब्जी कसरी खेल्ने भन्ने समाचार समेत प्रकाशित गरेका छन् ।

भिपिएनको प्रयोग गरेर इन्टरनेटमा प्रतिबन्धित एप चलाउन सकिने तरिकाहरु भारतीय सञ्चार माध्यममा सम्प्रेषित भैरहेका छन् । कतिपय युवाले विदेशी एप बन्द गरे त्यसको विकल्प दिन समेत माग गरेको समाचारहरुमा उल्लेख छ ।

पब्जी संसारभर चर्चित गेमिङ एप हो । यो एपले यो वर्ष छ महिनाभित्रै विश्वमा १ दशमलव ३ अर्ब डलर बराबरको राजश्व संकलन गरेको थियो । अहिलेसम्म यो एपले ३ अर्ब डलर कमाइसकेको छ ।

यो पनि पढ्नुस्- चीन- भारत सीमा विवादः भारतमा पब्जी लगायतका १ सय १८ चिनियाँ मोबाइल एप्समा प्रतिबन्ध

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्