सभामुख अग्नीप्रसाद सापकोटाको आँखाको शल्यक्रिया सम्पन्न – Janadesh Daily | ePaper

सभामुख अग्नीप्रसाद सापकोटाको आँखाको शल्यक्रिया सम्पन्न


जनादेश संवाददात

काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको उहाँको सचिवालयले जनाएको छ

काठमाडौंस्थित तिलगङ्गा आँखा अस्पतालमा दायाँ आँखाको बुधबार शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बिहान १०ः३० बजे शल्यक्रिया गरेको छ ।

केही समययता उहाँको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा उहाँको शल्यक्रिया गरिएको हो । उपचारका क्रममा लागेको सबै खर्च राज्यकोषमा व्ययभार नपर्नेेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोर्नु भएको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. रुइतसहितको चिकित्सक टोली र तिलगङ्गा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गर्नुभएको छ । शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहनुुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्