विपदका कारण ३ सय १७ जनाले ज्यान गुमाए – Janadesh Daily | ePaper

विपदका कारण ३ सय १७ जनाले ज्यान गुमाए


जनादेश, काठमाण्डौ ।

अब दैनिक 'विपद बुलेटिन' – Online Khabar

गएको वैशाख एक गते यतामात्रै विपद्काविभिन्न घटनामा परेर तीन सय १७जनाको मृत्यु भएको छ ।

साढे चार महिनाको अवधिमा सबैभन्दा बढी पहिरोमा परेर दुई सय ४५ जना,चट्यांङ लागेर ५५ जना र बाढीबाट २० जनाको मृत्यु भएको विपदजोखिमन्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो ।

जेठ ३० गतेबाट सुरु भएको मनसुनपछिमात्र दुईसय ८२ जनाको मृत्यु भएकोमा सबैभन्दा बढी दुईसय ४३ जनापहिरोबाट, चट्यांङ लागेर २५ जना र बाढीबाट १४ जनाको मृत्यु भएको गृह मन्त्रालयमातहतको राष्ट्रिय आपतकालिन सञ्चालन केन्द्रकाप्रमुख मुरारी वस्तीले बताए।

बैशाखयता बाढी पहिरो र चट्याङमा परेर तीन सय ८८ जना घाइते भएका छन् भने बाढी र पहिरोमा७१ जना बेपत्ताभएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्