यसकारण हट्नसक्छ भारतमा पब्जीको प्रतिबन्ध – Janadesh Daily | ePaper

यसकारण हट्नसक्छ भारतमा पब्जीको प्रतिबन्ध


एजेन्सी ।
भारतले चर्चित मोबाइल गेमिङ एप पब्जीमा हठात् प्रतिबन्ध लगाएपछि चिनियाँ कम्पनी टेन्सेन्टले भारत सरकारसँग गम्भीर आपत्ति प्रकट गरेको छ ।

कम्पनीको भारतमा रहेको लाइसेन्स रद्ध गर्दिने चेतावनी दिएपछि भारत सरकारलाई अफ्ठेरो परेको छ । यसो भएमा टेन्सेन्टका अन्य सेवा पनि भारतमा बन्द हुनेछन् ।

कम्पनीको चेतावनीपछि भारत सरकार दबाबमा परेको तर पब्जी खोल्ने निर्णय बारे यसै भन्न नसकिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
तर पब्जीको प्रतिबन्ध हट्ने सम्भावना बढेर गएको भन्दै पब्जी प्रशंसकहरुले खुसी व्यक्त गरेका छन् ।

पब्जी कोरियन कम्पनीको उत्पादन भएपनि भारतमा चिनियाँ स्वामित्वमा रहेका कारण प्रतिबन्धमा परेको थियो । तर टेन्सेन्टको चेतावनीपछि भारत सरकारले फुकुवा गर्ने सम्भावना बढेको हो ।

भारतले केही दिन अघि मात्र  सुरक्षाको कारण देखाउँदै पब्जीसहित १ सय १८ मोबाइल एपमा प्रतिबन्धको घोषणा गरेको थियो ।

यो पनि हेर्नुस् –

अक्षय कुमारले गरे पब्जीको सट्टा फौजी FAU:G एपको घोषणा

भारतमा पब्जी प्रतिबन्धः लत परेका युवाहरु सरकारसँग आक्रोशित

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्