एजेन्सी ।
अमेरिकी कम्पनी माइक्रोसफ्टले अमेरिकाको राष्ट्रपति चुनावसँग जोडिएका व्यक्ति र समूह ह्याकरको निशानामा परेको दाबी गरेको छ । रुस, चीन र इरानसँग निकट सम्बन्ध भएका ह्याकरहरुले यस्तो गतिविधि गरिरहेको माइक्रोसफ्टको दाबी छ ।
सन् २०१६ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको चुनाव प्रचारलाई प्रभावित पार्न जुन रुसी ह्याकरहरु संलग्न थिए, सोही समूहका ह्याकर यस पटक पनि सक्रिय भए भएको माइक्रोसफ्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकामा राष्ट्रपति चयनका लागि आगामी नोभेम्बरमा चुनाव हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडनबीच ह्वाइटहाउसको प्रतिस्पर्धा छ । दुवै समूहको चुनाव प्रचार ह्याकरको निशानामा परेको माइक्रोसफ्टको दाबी छ ।
यस अघि सन् २ हजार १६ मा ह्याकरहरुले राष्ट्रपति ट्रम्पको पक्षमा ह्याकिङ भएको आरोप लागेको थियो ।
यो पनि पढ्नुस्- सेप्टेम्वर एघारः अमेरिका आक्रमणका १९ वर्षमा के के भए