आजकल समाजिक सञ्जाल प्रयोग नगर्ने कमै छन् । सामाजिक सञ्जालका साइटहरु हाम्रो जीवनका अभिन्न अंग भैसके ।
हामीहरु आफ्ना तस्विर देखि, भिडियो र अन्य जानकारी समेत फेसबुकमा राख्छौं ।
फेसबुकमा आफुलाई चाहिने सबै जानकारी समेत हुन्छ । त्यसैगरी हाम्रो डिजिटल सिग्नेचर र बैंक खाता सम्बन्धी सम्पूर्ण जानकारी इमलेमा राख्ने चलन छ ।
त्यतिमात्र होइन सार्वजिनक जीवनका देखि निजी जीवन सम्मका सबै कुरा हामी यस्ता सञ्जालमा राख्ने गर्छौं ।
तपाइँलाई थाहा छ तपाइँको मृत्यु पछि फेसबुक र ट्वीटर के हुन्छ ? अथवा तपाइले राखेका सबै तस्विर देखि भिडियो र जानकारी अरुले हेर्न सक्छ कि सक्दैन ।
थाहा पाइ राख्नुस् हामीले हाम्रो अकाउण्ट डिलिट गर्नका लागि विभिन्न उपाय प्रयोग गर्न सक्छौं । फेसबुक, ट्वीटर र जिमेल लगायतका सञ्जालमा अकाउण्ट डिलिट गर्ने विभिन्न पोलिसी छन् ।
तपाइँको निधन पछि यी यस्ता अकाण्ट डिलिट गर्ने सुविधा समेत कतिपय सञ्जालले दिएका छन् ।
कुन सञ्जालमा के हुन्छ हेर्नुस्ः
Gmail
जिमेलले मानिसको मृत्युपछि अकाउण्ट लगइन इन्फर्मेसन अरुलाई उपलब्ध गराउँदैन । तर कुनै ब्यक्तिको मेलबक्समा भएका विशेष मेल भने विशेष अनुरोधमा रिट्रिभ गर्ने सुविधा जिमेलमा छ । यस्तो प्रक्रिया दुई चरणमा हुन्छ ।।
Facebook
फेसबुकले प्रयोगकर्ताको निधन भएमा उसको परिवारले सँधैका लागि डिलिट गर्न सक्ने वा सेभ गर्न सक्ने सुविधा दिएको छ । तर यसलाई चलाउन भने कसैले पाउँदैन ।
ट्वीटरमा प्रयोगकर्ताको निधन भएमा अकाउन्ट डीएक्टिवेट गर्न सकिन्छ । त्यसैगरी मृत ब्यक्तिको प्रोफाइललाई मेमोरियल बनाउन वा त्यसमा रहेका भिडियो र तस्विर डिलिट गर्न दिने नीति पनि ट्वीटरको छ ।
LinkedIn
लिङ्क्डइनमा प्रोफाइल डिलिट गर्न सकिन्छ । मृत प्रयोगकर्ताका परिवारका सदस्यले यसबाट कुनै जानकारी ट्रान्सफर गर्न सक्दैनन् तर प्रोफाइल डिलिट गर्न भने सक्छन् ।