एजेन्सी ।
सामाजिक सञ्जाल ह्वाट्सएपले अब छिटै आफ्ना सर्त तथा गोपनीयता नीति अपडेट गर्ने भएको छ । नयाँ नीति अर्को वर्षदेखि सुरु गर्ने बताइएको छ । यो नीति फेब्रुअरी ८ देखि लागू हुनसक्ने बताइएको छ ।
ह्वाट्सएपसँग सम्बन्धित जानकारी दिने वेबसाइट वाबेटाइन्फाले नयाँ नियम र गोपनीयता नीति अपडेटसम्बन्धी स्क्रिनसट सेयर गरेको छ। रिपोर्टअनुसार नयाँ नियमको स्वीकार नगर्ने प्रयोगकर्ताको एकाउन्ट बन्द हुने छ । यस नीतिका अनूरुप प्रयोगकर्ताले यो नयाँ नीति स्वीकार गर्नुपर्छ वा अकाउन्ट नै डिलिट गर्नुपर्छ ।
एक अर्को स्क्रिनसटमा देखाइएअनुसार नयाँ पोलिसी अपडेट ह्वाट्सएपको प्रोसेसिङ सिस्टमसँग जोडिएको हुनेछ।