राप्ती इञ्जिनियरिङ कलेजले दियो गुणस्तरीय शिक्षण सिकाई तथा समय व्यवस्थापन तालीम – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरिङ कलेजले दियो गुणस्तरीय शिक्षण सिकाई तथा समय व्यवस्थापन तालीम


No description available.

जनादेश, दाङ ।

व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना– दोस्रो (EVENT II)को सहयोगमा राप्ती इञ्जिनियरिङ कलेजमा अध्ययनरत प्रशिक्षक तथा कर्मचारीहरुलाई मिति २०७७ साल माघ १६ गतेका दिन शैक्षिक गुणस्तरीय शिक्षण सिकाई तथा समय व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

No description available.

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका पुर्व डिन डा. गोविन्द प्रसाद लामिछानेले गुणात्मक शिक्षा, नवीनतम विधि, प्रयोगात्मक शिक्षण, शिक्षण विधिका विशेषताहरु, व्यावसायिक काम र नतिजामा आधारित शिक्षण विधि लगायतको विषयमा प्रशिक्षण दिनुभएको थियो । यसै गरी नेपाल सरकारका पुर्व उप–सचिव हरि प्रसाद पाण्डेले प्रशासन र कर्मचारी व्यवस्थापन, कर्मचारी आचरण, कर्मचारीतन्त्रमा उत्पेणाको आवश्यकता, कर्मचारी प्रशासनमा नेत्तृत्व विकास, नेतृत्ववान कर्मचारीका गुणहरु, कर्मचारी तन्त्रका विशेषताहरु , कर्मचारी प्रशासनमा सञ्चारको भुमिका, निर्णय निर्माण प्रक्रिया, अध्ययन तालिम अवलोकन भ्रमण समुहगत कार्य लगायत विषयमा प्रशिक्षण दिनु भएको थियो ।

No description available.

राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल श्री रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता कलेज व्यवस्थापन समिति अध्यक्ष एंव प्रबन्ध निर्देशक भीमसेन गिरीले गर्नु भएको थियो साथै कार्यक्रमको सहजीकरण प्रशिक्षक ई. माधव अधिकारीले गर्नुभएको थियो । उक्त कार्यक्रममा कलेजमा कार्यरत शिक्षत तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्