मोबाइलले गर्दा हुनसक्छ ब्रेन क्यान्सर – Janadesh Daily | ePaper

मोबाइलले गर्दा हुनसक्छ ब्रेन क्यान्सर


मोबाइल फोनबाट निस्कने निरन्तर ध्वनि तरंगले ब्रेन क्यान्सरको जोखिम बढ्ने नयाँ तथ्य बाहिर आएको छ । मोबाइल फोनलाई लामो समयसम्म प्रयोग गर्नु भनेको ब्रेन क्यान्सरको जोखिम निम्त्याउनु हो । आगामी दिनमा यो समस्याले विश्वका धेरै मानिसलाई समस्यामा पार्ने अमेरिकी वैज्ञानिकहरुले जनाउ दिएका छन् । यस अनुसन्धानमा संलग्न वैज्ञानिक डेनिस रक भन्छन्, ‘यसतर्फ ध्यान नदिए आउँदो ४ वर्षमा विश्वका ५ अर्ब मानिसमा मोबाइलका कारण स्वास्थ्यको खतरा निम्तिनेछ, जुन निकै भयानक हुनेछ । मोबाइलको फोन बज्दा त्यसबाट निरन्तर रेडियो विकिरण निस्किरहेको हुन्छ, जसले ब्रेन क्यान्सरको सम्भावना बढाउँछ ।’

तर यससम्बन्धमा स्मार्टफोनका उत्पादकहरुले उनीहरुको उत्पादन पूर्णतया सुरक्षित रहेकोले उपभोक्तालाई कुनै असर नगर्ने दाबी गरेका छन् । अमेरिकी अनुसन्धानकर्मी वैज्ञानिक इजवेल फ्रेडी भन्छिन्, ‘मोबाइलसम्बन्धी ठोस अनुसन्धानको कमी भएको कारणले गर्दा पनि मोबाइल कम्पनीहरुले फाइदा उठाएका छन् । तर हामीले मोबाइल फोनमा अनुसन्धान गरेअनुसार आश्चर्यचकित पार्ने तथ्यहरु निस्केका छन्, जसले मानवजातिको होस उडाउनेछ ।

इजवेल भन्छिन्, ‘हामी दुई घण्टा कुराकानी गर्दा निस्केको मोबाइल फोन विकिरणले मुसाको मस्तिष्क कोषलाई नष्ट गरिदियो । त्यति मात्र नभई मुसाहरुमा ट्युमरको लक्षणसमेत देखा पर्‍यो । त्यति नै समयको विकिरणले मानिसको मस्तिष्क कोषमा त्यति बढी असर त पारेन तर नतिजा चिन्ताजनक छ ।’ यसले केचाहिँ संकेत गरेको छ भने, सेलफोनमा बढी कुरा गर्दा विकिरणको प्रभावले मानव मस्तिष्क कोषलाई निष्क्रिय पार्दाे रहेछ । यसले गर्दा मानिस आरामले सुत्न नसक्ने, निद्रा गडबडी हुने, धेरै दुर्घटना हुनेजस्ता खतरा निम्त्याएको छ ।

यसको साथै जुन महिलाले बढी मोबाइल फोन प्रयोग गर्छिन् उनमा स्तन क्यान्सरको जोखिम दुई गुणा बढी हुन्छ । जुन गतिमा अहिले मोबाइलको प्रयोग बढिरहेको छ, त्यसले आउने २ वर्षभित्र नै २ अर्ब मानिस स्वास्थ्य समस्याको चपेटामा पर्न सक्छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्