अमेरिकीको औसत आयु घट्दै ! – Janadesh Daily | ePaper

अमेरिकीको औसत आयु घट्दै !


अमेरिकामा अत्यधिक लागूऔषध र औषधिको बढ्दो प्रयोगका कारण सबै अमेरिकीको औसत आयु केही घट्न पुगेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनअनुसार सन् २०१९ को मध्यसम्म लागूऔषध र औषधिको ओभरडोजका कारण ८० हजारभन्दा बढीको मृत्यु भएको छ । हालै प्रकाशित एक प्रतिवेदनअनुसार आदिवासी अमेरिकनहरुको औसत आयु भने ५ वर्षले बढेको छ ।

अमेरिकाको हेल्थ सेन्टरले संकलन गरेको तथ्यांकअनुसार अमेरिकी पुरुषहरुको औसत आयु सन् २०१८ मा ७५ दशमलव ३ वर्ष रहेको थियो, जुन २०१७ को औसत आयुभन्दा केही कम हो । सोही अवधिमा महिलाहरुको औसत आयु ८० दशमलव ४ वर्षबाट घटेर ८० दशमलव ३ वर्षमा झरेको थियो ।

अमेरिकामा पछिल्लो वर्षमा अफिमको प्रयोग बढेको, दुखाइ कम गर्ने औषधिको प्रयोग बढेको तथा हेरोइन र फेन्टानाइलजस्ता लागूऔषधको मात्रा बढेको छ । यसको साथै औषधिको अतिरिक्त प्रयोग अर्थात् ओभोरडोज मानिएको छ ।

सबैभन्दा बढी औसत आयु हुनेमा अमेरिकन आदिवासी पुरुष र महिलाहरु पर्दछन् । यी दुवै विगत ३ दशकदेखि नै एकनासको देखिएको छ । अमेरिकामा मानिसको छिटो मृत्यु हुने प्रमुख कारणमा मुटुरोग र त्यसपछि क्रमशः क्यान्सर, हृदयघात, श्वासप्रश्वास, लागूऔषध आदि रहेका छन् । प्रतिवेदनअनुसार औषधिको ओभोरडोज मृत्युको छैटौं प्रमुख कारणको रुपमा रहेको छ ।

(साधनाबाट)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्