भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छाडिन्‍नँ : प्रधानमन्त्री ओली – Janadesh Daily | ePaper

भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छाडिन्‍नँ : प्रधानमन्त्री ओली



जनादेश, काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याकाण्डका अपराधीहरु केही समयमै पक्राउ पर्ने बताएका छन् । अपराधीहरु कारबाहीको डरले भागेर जिन्दगी बिताए पनि कुनै न कुनै दिन पक्राउ पर्ने र उनीहरुले सजाय छुट नपाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

हामी विश्वास गर्छौं केही समयभित्रै भागरथी हत्यारा, निर्मला हत्याकाण्डका अपराधीहरु यी सबैलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौं । प्रधानमन्त्री ओलीले भागरथी, निर्मला पन्त हत्याकाण्डका दोषीलाई पानीमुनी गए पनि नछोड्ने बताए ।

‘तपाईंहरुको अगाडि म भन्न चाहन्छु, निर्मलालाई बलात्कार गरेर हत्या गर्ने कुरा होस्‌ अथवा भागरथी हत्याकाण्ड होस्, यस्ता हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छोडिने छैन । प्रधानमन्त्री ओलीले भने, विश्वका कुनै पनि भागमा भागेर पुगे पनि छोडिने छैन । उनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गरेरै छोडिने छ’ ।

उनले भने, ‘दुई/दिन, चारदिन उम्किएलान् । एक वर्ष डरले थर्कमानको जिन्दगी बिताए पनि सजाय घट्नेवाला छैन । त्यो समय कट्टा हुने छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्