स्वास्थ्यका लागि लाभदायक काउली र बन्दाकोपी – Janadesh Daily | ePaper

स्वास्थ्यका लागि लाभदायक काउली र बन्दाकोपी


क्यान्सरबाट बच्नका लागि काउली र बन्दाकोपी लाभदायक हुने कुरा प्रकाशमा आएको छ । यससम्बन्धमा विश्व स्वास्थ्य संगठनका चिकित्सा वैज्ञानिक डा. वाइजमनले अनुसन्धान गरेका छन् । उनको अनुसन्धानको निष्कर्षअनुसार क्यान्सरबाट बच्नका लागि मानिसले दैनिक उपभोग गर्ने तरकारीमा बन्दाकोपी र फूलकोेपीको प्रयोग गर्नुपर्छ । यसो गरे क्यान्सरबाट बच्न निकै सहयोग पुग्नेछ ।

डा. वाइजमनका अनुसार सातामा ४ दिनसम्म काउली र बन्दाकोपीको सेवन गर्दा क्यान्सर रोगबाट बच्न ४५ प्रतिशतभन्दा बढी सहयोग पुग्ने पाइएको छ । यससम्बन्धमा डा. वाइजमन भन्छन्– पूर्वीय देशहरू विशेषतः चीन र जापानका बासिन्दाहरूमा युरोप र अमेरिकाका बासिन्दाहरूको तुलनामा क्यान्सर रोग ज्यादै कम देखिएको छ । यसको प्रमुख कारण उनीहरूले आफ्नो खानामा यस्ता काउली, गाजरलगायत हरिया सागपातहरू अत्यधिक सेवन गरेकाले नै हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्