गणेशको मुर्तिसहित माला लगाएर रिहाना टपलेस बनिन्, व्यापक विरोध – Janadesh Daily | ePaper

गणेशको मुर्तिसहित माला लगाएर रिहाना टपलेस बनिन्, व्यापक विरोध


जनादेश अपडेट ।

भारतमा जारी किसान आन्दोलनप्रति चासो देखाउँदा भारत सरकारको टार्गेटमा परेकी अमेरिकी पपस्टार रिहाना फेरि भारतीय निशाना परेकी छिन् ।

भगवान गणेशको मुर्ति भएको मालासहित टपलेस सुटिङ गरेपछि रिहानाको व्यापक विरोध भएको छ ।

उनले गणेशको आकृतिसहितको माला लगाएको टपलेस फोटो सामाजिक सञ्जालमा राखेकी छिन्। यसले गणेश भगवानको अपमान भएको भन्दै भारतीयहरुले विरोध गरेका हुन्।

भारतीय नेता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले बुधबार रिहानाले हिन्दुहरुको भावनामा चोट पुर्‍याएको आरोप लगाएका छन्।

विश्व हिन्दु परिषदले सो फोटो पोस्ट गर्न अनुमति दिएकोमा फेसबुक र ट्विटरविरुद्ध उजुरी दिएको बताएको छ।

यसअघि रिहानाले किसान आन्दोलनबारे एक समाचार सेयर गरेपछि भारतको विदेश मन्त्रालयले समेत क्रुद्ध प्रतिक्रिया जनाएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्