जीवनको अवशेष खोज्न मंगल ग्रहमा पुग्यो अमेरिकी यान, ५० वर्षपछि पछिको पहिलो मिसन – Janadesh Daily | ePaper

जीवनको अवशेष खोज्न मंगल ग्रहमा पुग्यो अमेरिकी यान, ५० वर्षपछि पछिको पहिलो मिसन


अन्तर्राष्ट्रिय अपडेट ।

अमेरिकले झण्डै २५ वर्षपछि मंगल अभियानमा सफलता हात पारेको छ । अमेरिकी पर्सिभिअरन्सको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ नाशाले जनाएको छ ।

६ वटा पांग्रा भएको रोबट ७ महिना करिब आधा अर्ब किलोमिटर यात्रा गरेर नेपाली समयअनुसार आज (शुक्रबार) बिहान मंगल ग्रहको सतहमा अवतरण गरेको हो।

सन् १९९९ मा असफल भएको अमेरिकाले अहिलेसम्म ८ पटक सफल मंगल अवतरण गरिसकेको छ । पर्सिभिअरन्सले मंगल ग्रहमा पहिले जीवन भए/नभएको अध्ययन गर्ने छ । यान मंगल ग्रहमा अवतरण गरेको तस्बिर नासाले ट्विट गरेको छ।

अहिलेसम्म मंगल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकामा ८ वटा सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्।

सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने लक्ष्य लिएको छ। सन १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो।

मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्