अपच हुन्छ ? छुट्कारा पाउन अपनाउनुस् यस्ता उपाए – Janadesh Daily | ePaper

अपच हुन्छ ? छुट्कारा पाउन अपनाउनुस् यस्ता उपाए


अपचको समस्याबाट मुक्ति पाउन जीवनशैली परिवर्तन एउटा राम्रो उपाय हो । साथै यसका कारणलाई निर्मूल गर्नु अर्को महत्वपूर्ण उपाय हो । अपच (indigestion), ग्यास र कब्जियत खराब पाचन प्रणालीसँग जोडिएका कुरा हुन् । अपचले ठूलो समस्या नगराइहाले पनि शरीरलाई असहज भने गराइरहन्छ । कहिलेकाहीँचाहिँ ठूलै रोगको परिणाम पनि हुनसक्छ । अपचको एउटा मुख्य कारण छिटो–छिटो खाना खानु हो । मसलायुक्त खाना, चिल्लो तथा बोसोयुक्त खानाले अपचको समस्यालाई बढाउँछ । खाना खाएपछि तुरुन्त सुत्ने बानीले पनि पाचन प्रक्रियामा बाधा पुर्‍याउँछ ।

विशेषज्ञहरुका अनुसार खानाको नलीबाट खाना माथि आउने समस्या, पेप्टिक अल्सर, ग्यास्टिकको समस्या, क्षयरोगको समस्या, परजीवीको समस्या, मधुमेह हुनु र केही औषधिहरुका कारण पनि अपचको समस्या हुनसक्छ । अपच भएपछि पेटको माथिल्लो भाग फुल्न सक्छ । पेट पोल्ने, बान्ता हुने, पेट दुख्ने, कब्जियत हुने, खान मन नलाग्ने, पेट गह्रौं हुने, बेचैनी हुने, पसिना धेरै आउने, निद्रा राम्ररी नपर्ने समस्या पनि हुनसक्छ ।

बच्ने उपाय

  • धेरै चिल्लो तथा बोसोयुक्त खाना कम गर्ने, फलफूल, हरिया तरकारी र फाइबरयुक्त खानाको मात्रा बढाउने ।
  • प्रशस्त मात्रामा पानी पिउने तर पानीको मात्रा बढाउने भनेर जुस, सोडा तथा क्याफिनयुक्त सफ्ट ड्रिङ्क्स पिउने भनेको होइन, शुद्ध पानी नै पिउनुपर्छ ।
  • धूमपान नगर्ने र क्याफिनयुक्त वस्तुको सेवन नगर्ने ।
  • खानामा नरम र हल्का वस्तु समावेश गर्ने । चोकरयुक्त आँटाको रोटी खाने, रेसायुक्त खाना धेरै खाने, मुगको दाल, खिचडी, दलिया आदि खाने, खाएपछि केही क्षण हिँड्ने ।
  • सक्रिय जीवनशैली अपनाउने । नियमित योग, व्यायाम गर्ने ।
  • खाना खान मन लागेका बेला खानुपर्छ तर मन नलागी–नलागी खानुहुँदैन । खाना खाँदा पनि पेट चर्किने गरी खानुहुँदैन । पेटमा केही ठाउँ खालि राखेर खाऊँ–खाऊँ लाग्दालाग्दै उठ्नु पेटका लागि राम्रो हो ।
  • यसका साथै बेलुका समयमै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्