प्रधानमन्त्री केपी ओली अब पतनतिर ? – Janadesh Daily | ePaper

प्रधानमन्त्री केपी ओली अब पतनतिर ?


ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ ।

’ग्रहाः राज्यं प्रयच्छन्तु, ग्रहाः राज्यं हरन्ति च । ग्रहैव्र्याप्तमिदं सर्वं त्रैलोक्यं सः चराचर ।‘ अर्थात् ग्रहहरूले नै राज्य दिन्छन् र ग्रहहरूले नै राज्य हरण पनि गर्छन्, यो चराचर जगत्मा ग्रहहरू नै व्याप्त छन् भन्ने ज्योतिषशास्त्रमा मान्यता रहिआएको छ । तर बराहमिहिराचार्यका मतमा भने ५० प्रतिशत जन्म र ५० प्रतिशत कर्म (कार्य) का आधारमा जीवन चल्छ भन्ने छ ।

छैठौं शताब्दीका बराहमिहिर र ११ औं शताब्दीका भास्कराचार्य विश्वकै विशिष्ट ज्योतिर्विद् र खगोलशास्त्री पनि हुन् । त्यसमा पनि बराहमिहिर गणित र फलित दुवैमा विशिष्ट मानिन्छन् । उनै बराहमिहिरले ज्योतिषमा आएका विकृतिलाई हटाउन ठूलो संघर्ष गरेका थिए ।

अहिले नेपाल भारतमा त्यस्तै स्थिति देखा परिरहेको छ । ग्रहशान्ति, पूजापाठ, कालसर्प योगजस्ता अनेकौं ठगीका कार्यहरू हुनथालेका छन् । यी सबै विकृतिहरू हुन् । पूजा गर्दैमा ग्रहशान्ति हुँदैन, ग्रहशान्ति गर्दैमा भाग्य बन्ने होइन । बराहाचार्यका अनुसार भाग्य (नवौं) भावको ग्रहको बल २५ प्रतिशत हुन्छ भने कर्म (दशौं) भावको बल शतप्रतिशत हुन्छ । अर्थात् ३ चौथाई कर्मबल र १ चौथाई भाग्यबलका आधारमा जीवन व्यतीत हुन्छ । यही कर्म गर्नका लागि दिनलाई घण्टा, मिनेटमा विभाजित गरिएको हो । समयका आधारमा ग्रहगति फरक हुने हुनाले दिनभरिको कार्य एकैनास हुँदैन भन्ने ज्योतिषशास्त्रको मान्यता हो । यही समयको विभाजनलाई साइत वा मुहूर्त संज्ञा दिइएको हो ।

बराहाचार्यका अनुसार १२ औं भाव विध्वंश अर्थात् सर्वनष्टको भाव हो । १२ औं भाव भन्नाले ३६० डिग्री पार हुने स्थिति हो । त्यो भनेको अन्तिमकाल पनि हो । तसर्थ राजनीति गर्नेले आफ्नो राशिबाट सूर्य, चन्द्र र वृहस्पति १२ औं पार्न हुँदैन भनिएको हो । जस्तै राजा ज्ञानेन्द्रको कुम्भराशि, माघ महिनामा सूर्य मकर (१०) १२ औंमा हुन्छ, तर उनले माघ १९ मा कदम चाले, राजगद्दी छोड्नुप¥यो । अहिले केपी ओलीले सोही कार्य पछ्याएका छन् । उनको मकर राशि, पुस ५ गते १२ औं सूर्य हुनाले उनको विघटन बदर भयो । फेरि उनले फागुन २३ गते संसद् अधिवेशन आव्हान गरे । सो दिन धनुराशिमा चन्द्रमा छ, जो राशिबाट १२ औं पर्दछ । विद्या भण्डारीलाई तृतीय याने विद्ध स्थानमा सूर्य पर्ने हुँदा यी दुवैको राजनीति सदाका लागि समाप्त हुने योग देखापरेको छ ।

प्र.मं. ओलीको जन्मकुण्डली २०७७ पुस ५ को कुण्डली २०७७ फागुन २३ को कुण्डली


केपी शर्मा ओलीको जन्म २००८ साल फागुन ११ गते शनिबार, श्रवण नक्षत्र तथा मकर राशिमा भएको थियो । उनको जन्मकालमा चन्द्र शुक्र, बुधादित्य तथा शनि गुरु योग परेका छन् । दशमको मंगलले शुक्र चन्द्रलाई पूर्णदृष्टिले देख्ने हुँदा उनी स्वभावैले हठी र कठोर व्यक्ति हुन् भन्ने बुझ्न गा¥हो पर्दैन । केन्द्रमा मंगल भएका मानिसहरूको मरणसमेत दुर्भाग्यवश हुन्छ भने धन, सम्पत्तिसमेत निरर्थक तरिकाले विनष्ट हुन्छ । जस्तो सद्दाम हुसेनको पनि केन्द्रमा मंगल थियो । हठका कारण उनको सम्पूर्ण समाप्त भयो ।

राजा वीरेन्द्रको केन्द्रमा नीच र वक्री मंगल थियो, उनको पनि पारिवारिक र आर्थिक सम्पूर्ण समाप्त भयो । विशेष गरी १० मंगल भएका मानिसहरूको यस्तो स्थिति देखिएको छ । लग्न वा चन्द्रमाबाट दशम मंगलले सम्पूर्ण योगलाई नष्ट पारिदिन्छ । यस्ता मानिसहरू विनयी र सुझबुझका हुँदैनन्, चाकडी गर्नेका भरमा पर्छन् र अन्तिममा आपूm मात्र होइन आफ्ना पक्षमा रहेका सबैलाई डुबाएर समाप्त हुनछन् । ओलीको कुण्डली पनि त्यही प्रकारको हो ।

केन्द्रमा मंगल भएका मानिसहरू सैनिक स्वभावका हुन्छन् । डु एण्ड डाई भन्ने मान्यता राख्छन्, ठाडो स्वभावका कारण उनीहरूमा कूटनैतिक क्षमता कमजोर हुन्छ । शारीरिक मात्र होइन मानसिक रोगी पनि हुन्छन् । गिरिजाप्रसाद र प्रचण्डको लग्नबाट मात्र केन्द्रमा मंगल पर्दछ । लग्नबाट पर्नेहरू सैनिकसरहको क्षमता राख्छन् अर्थात् सेनामाथि प्रभुत्व कायम गर्न सक्छन् । तर चन्द्रमाबाट केन्द्र (विशेष गरी दशम) राज्यस्थानमा मंगल हुनेहरू पछि त्यही सेनाबाट प्रताडित हुने गर्छन् । यस्ता मानिसहरूको अन्त्यमा कोही सहयोगी पनि हुने छैनन् ।

बुधादित्य योगले पनि राज्यप्रमुख बनाउन सक्छ, त्यसका लागि वृहस्पछि वेधित, वक्र वा क्षीण हुनुहुँदैन । ओलीको कुण्डलीमा गुरु शनिबाट वेधित छ । यसले उनलाई पूरै क्षति हुनबाट त बचाउला, तर अन्तिम घडीमा उनकै परिवार पनि उनको पक्षमा रहने सम्भावना कमजोर छ । चन्द्रमाले मनको प्रतिनिधित्व गर्छ र यहाँ चन्द्रमालाई मंगलले देख्दा कठोर मनको संकेत गर्छ भने अरूको सल्लाहा पनि नमान्ने बनाउँछ ।

शुक्रले प्रेम वा भौतिक सुखलाई प्रतिनिधित्व गर्छ । मंगलले शुक्रलाई देख्नुको अर्थ अधिक स्त्रीवाला भन्ने अर्थ लाग्छ, पहिले महिलाको सहयोगले काम फत्ते हुने र पछि त्यही बन्धन हुने भन्ने बुझिन्छ । यसरी हेर्दा प्र.मं. ओलीको कुनै भिजन वा मिसन देश, जनता र उनकै निमित्त पनि काम नलाग्ने देखिन्छ । शनि र गुरुको युति उनको सबैभन्दा राम्रो योग हो । शनि गुरुको सम्बन्ध चर्चाको शिखरमा पु¥याउने भन्ने हो । तर यो चन्द्रमाबाट बिद्ध याने तृतीय स्थानमा भएकाले यसको बल कमजोर छ । मनमा राम्रा विषयवस्तुको सुझ आए पनि केन्द्रको मंगलले गलत बाटोतिर लगाइहाल्छ । यसर्थ त्यही मंगलले अन्त्यमा पतन पनि गरिदिने निश्चित छ ।

कुनै पनि काम गर्दा साइत हेराउने कुरा राम्रो हो । साइत वा मुहूर्त भनेका समय हुन् । सूर्य र चन्द्रमा उत्तम भएमा राजनीति सफल हुन्छ, ३।६।९।१२ मा भए क्षय हुन्छ । जन्मकालमा ३ बलिया योगका कारण ओली प्र.मं. पनि भए । यिनले २०७२ मा पनि असोज महिनामा प्र.मं. खाए, गलत परिणाम निस्कियो । अहिले पुसमा कदम चाले, यो त विध्वंशको स्थानमा सूर्य भएकाले उनी आफैँलेले आफ्नो राजनीति वा व्यक्तित्व पनि समाप्ति हुने निश्चितप्रायः छ । त्यो त छोडौं संसद् अधिवेशन डाक्ता पनि १२ औं चन्द्रमा पारिएको छ । यसले ओलीलाई डुबाउने छ भने ओलीको पछि लाग्नेसमेतलाई डुबाउने छ ।

हुन त दशा लागेपछि मानिसले कसैको सल्लाहा पनि लिंदैन रे ! यिनी त्यति उच्च पदमा पुगेको मानिसले राम्रो ज्योतिष राखेको भए यिनी सफल पनि हुन्थे होलान् । मैले पहिले पनि घटना र विचार तथा जनआस्थालगायत आधा दर्जन पत्रिकामा ओलीबारे लेखेको पनि थिएँ, त्यसमा यिनले ध्यान दिएजस्तो मलाई लाग्दैन । आजकाल त यिनले कुसमयमा काम गर्ने परमपरा ने बसिसकेको छ । अब यिनको पतन कहिले हुन्छ ? यस्तो प्रश्न पनि उब्जिन सक्छ ।

आगामी चैत्र महिनासम्म शिरमा वृहस्पति भएकाले उनलाई केही भरथेग गरे पनि आगामी जेठबाट यिनको सम्पूर्ण रूपमा पतन हुनेछ । पतन पनि यस्तो हुनेछ कि इतिहासमा हास्यपात्रका रूपमा परिचित हुनेछन् । मेरो आफ्नो रायमा उनले गलत समयमा कदम चालेकाले खराब परिणाम निस्कनुभन्दा राजिनामा दिनु श्रेयस्कर हुन्छ । अब उनलाई पतनबाट कसैले बचाउन सक्तैन । मैले धेरै ठाउँमा उनको पक्षमा नै लेखेको थिएँ, तर उनी यति मूर्ख, हठी र समयलाई लत्याउने व्यक्ति होलान् भन्ने सोचेकै थिइनँ । यिनले आफू मात्र होइन, विद्यादेवीदेखि सबैलाई डुबाउने भए । त्यसो हुनबाट बचुन् भन्ने मेरो कामना छ । त्यो बच्ने अन्तिम विकल्प भनेको राजिनामा दिएर पदमुक्त हुने हो । यसो गर्दा उनलाई राजनीतितिर केही ठाउँ रहन सक्नेछ । अन्यथा कुनै न कुनै कोणबाट उनको महापतन हुन लागेको देखिएकाले यति लेख्ने धृष्टता गरेको छु । म चाहन्छु ओलीजी पतनतिर नलागुन् । किमधिकम् । इत्यलम् ।

महाकवि देवकोटा आश्रम, (हाल बेघर)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्