नेपाली युवकको उपचारमा सोनु सुदको आर्थिक सहयोग – Janadesh Daily | ePaper

नेपाली युवकको उपचारमा सोनु सुदको आर्थिक सहयोग


बलिउडका चर्चित अभिनेता सोनु सुदले एक नेपाली युवकलाई उपचारका लागि आर्थिक सहयोग गर्ने भएका छन् । लकडाउनको समयमा थुप्रै प्रवासी मजदुरलाई आफ्नो गन्तव्यसम्म पुग्न सहयोग गरेका सोनुसँग फ्रेवुअरी १३ मा मधु पौडेल नाम गरेका एक नेपाली युवकले सहयोग मागेका थिए ।

उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफू १० बर्षदेखि ढाड दुख्ने समस्याबाट पीडित भएको र उपचारका लागि पैसा नभएको भन्दै सोनुसँग आर्थिक सहयोगको लागि आग्रह गरेका थिए । यससँगै ती युवकले लठ्ठी टेकेर हिडिरहेको भिडियो पनि पोष्ट गरेका थिए ।

आफूसँग सहयोग मागेका ती युवकलाई सहयोगको वाचा गर्दै सोनुले ट्वीटमा लेखेका छन् –‘अतिथी देवो भवः । भारतबाट नेपाल विना लठ्ठी पुग्नेछौ ।’ सोनुले मधुको उपचारमा पूर्ण रुपमा सहयोग गर्ने वाचा गरेका छन् ।

सोनुको यस्तो कार्यको चौतर्फी प्रशंसा गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्