साइबर अपराध नियन्त्रण सम्बन्धी साक्षात्कार कार्यक्रमहरु संचालन गर्दै जाने: का.वा. अध्यक्ष कृष्ण वली – Janadesh Daily | ePaper

साइबर अपराध नियन्त्रण सम्बन्धी साक्षात्कार कार्यक्रमहरु संचालन गर्दै जाने: का.वा. अध्यक्ष कृष्ण वली


लुम्बिनी प्रदेश सूचना प्रविधिको विकासमा अगाडी बढ्दै गरेको प्रदेश हो । सूचना प्रविधिको विकास र विस्तार गर्न क्यान माहासंघ लुम्बिनी प्रदेशको अहम भूमिका रहदै आएकोछ । कम्प्युटर व्यावसायीहरुको साझा संगठन क्यान माहासंघ लुम्बिनी प्रदेशका का.वा. अध्यक्ष कृष्ण वलीसंग जनादेश संवाददाता रञ्जना दहाललेले गरेको कुराकानीको अंशः

का.वा. अध्यक्ष ज्यु नमस्कार । जनादेशमा यहाँलाई स्वागत छ ।  आज भोली दिन कसरी बिताउँदै हुनुहुन्छ ?
नमस्कार । कम्प्युटर व्यापार, शिक्षण प्रशिक्षण गर्दे दिनहरु वित्दैछन् ।

कम्प्युटर व्यापार, शिक्षण प्रशिक्षण कस्तो चल्दैछन् ?
कोभिड १९ को कारणले गर्दा व्यापार व्यावसायमा राम्रै असर गर्यो । साथी भाइहरुको व्यावसायमा नराम्रोसंग असर गर्यो । अहिले कप्युटर व्यावसाय आफ्नो लयमा फर्कदैछन् ।

तपाई क्यान महासंघ लुम्बिनी प्रदेशको का.वा. अध्यक्ष हुनुहुन्छ ? हालसम्म के के कार्यहरु गर्नु भयो ?
क्यान महासंघ लुम्बिनी प्रदेशले आफ्ना गतिविधि अगाडि बढाउदै आइ रहेकोछ । हालै मात्र लुम्बिनी प्रदेशको सधारण सभा सम्पन्न भयो । अब छिटै विशेष सधारण सभा आयोजना हुँदैछ ।

अबको भावी योजना के छ?

रिसर्च सम्बन्धी कार्य, स्मार्ट सिटी सम्बन्धी कार्यलाई अगाडि बढाउने । जिल्लाहरुसंग समन्वय र सहकार्य गदै अगाडि बढने र आगामी दिनहरुमा जिल्ला जिल्लामा कम्प्युटर सम्बन्धी गतिविधी अगाडि बढाउनुकासाथै साइबर सुरक्षा सम्बन्धी कार्यक्रम ल्याउने योजना छ ।

समाजमा हुने गरेका अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्न विद्यालय विद्यालयहरुमा साइबर साक्षात्कार कार्यक्रमहरु संचालन गर्दै जाने र आगामी दिनहरुमा कम्प्युटर व्यावसायीहरुसंग मिलेर प्रदेश क्यान इन्फोटेक आयोजना गर्ने योजना छ ।

जनादेश मार्फत केही भन्नु छ ?

तपाईको अनलाईन मार्फत आफ्ना कुराहरु राख्ने अवसर दिनुभयो धन्यवाद । जनादेशको उत्तरोत्तर प्रगतिहोस् यही कामना ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्