डाटा सुरक्षा र साइबर अपराध नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौतीः कार्यकारी निर्देशक डा. गिरी – Janadesh Daily | ePaper

डाटा सुरक्षा र साइबर अपराध नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौतीः कार्यकारी निर्देशक डा. गिरी


जनादेश, गुल्मी । डाटा सुरक्षा र साइबर अपराध नियन्त्रण गर्नु अहिलेको प्रमुख चुनौती रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठाका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले बताएकाछन् । नेपालमा कम्प्युटर र सूचना प्रविधिको प्रयोग गरेर गरिने अपराधमा वृद्धि हुँदै गइरहको विभिन्न अध्ययनले देखाएको छ  उनले भने।

नेपाल सरकारले विधुतीय शासन र विधुतीय सरकारको अभ्यास गर्दै गरेको बर्तमान सन्धर्वमा साइवर अपराधलाई नियन्त्रण गर्नु प्रमुख चुनौती रहेको छ । दैनिक कामकाजमा प्रयोग गरिने डाटाहरु र व्यक्तिगत डाटाहरु सामाजिक संञ्जाल, कलाउड, सेकेण्डरी र सरर्भर आदिबाट चोरीहुने र गलत रुपमा प्रयोग हुने सम्भावना पनि त्यतिकै बढदो छ । यसलाई समयमै नियन्त्रण गर्ने उपायको खोजी गर्नु अहिलेको आवश्यकता हो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठाले तम्घास, गुल्मीमा आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताए ।

कार्यक्रमका प्रमुख अतिथि रेसुड.गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषालले प्रविधिको प्रयागे गरेर दैनिक कामकाज गर्न सके सेवाग्राहीको तर्फबाट जनगुनासो कम हुने बताए । कार्यक्रममा रेसुड.गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासीनीले प्रविधिको प्रयोगले राज्यमा सुशासन कायम राख्न सहयोग पुग्ने र कर्मचारीहरुको कार्यसम्पादन प्रभावकारीतामा समेत वृद्धि हुने कुरा बताएका छन् । साथै कर्मचारीमा जिम्मेवारी बोध भएमा सरकारी डाटा र सुचना चोरी हुनबाट रोक्न सकिने बनाए ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले सुशासनका लागी विधुतीय शासन र सुचना प्रविधिको प्रयोग विषयमा तालीम आवश्यकता पहिचान सम्बन्धी अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा रेसुड.गा नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो

उक्त कार्यक्रममा सुचना प्रविधि, डाटा सुरक्षा,साइबर अपराध र नियन्त्रण लगाएत अन्य विषयमा सहभागीहरुका तर्फबाट सोधिएका प्रश्नहरुको जवाफ कार्यक्रमका अध्यक्ष कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले दिएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्